तपाईँ सुन्दै हुनुहुन्छः

लामोसाँगु–चरिकोट सडक मर्मत नहुँदा समस्या

काठमाडौं । निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा दोलखाको लामोसाँगुदेखि चरिकोटसम्मको सडक खण्डमा वर्षाको समय सास्ती खेप्नुपरेको दोलखा र सिन्धुपाल्लचोकका नागरिकले गुनासो गरेका छन् ।

चरिकोटदेखि खाडीचौरसम्म ५५ किमीको यात्रा गर्न अहिले दैनिक आठ–नौ घण्टासम्म लाग्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

दूई वर्षमा २ लेन सडक बनाउने सहमति भएपनि ५ वर्ष सम्म काम पुरा नभएको भन्दै छिटो सम्पन्न गर्न सरकारले पहल गर्नुपर्ने यात्रुहरुले माग समेत गरेको छन् ।

दोलखाबाट काठमाडौं जोडिने एक मात्र सडक निर्माण अलपत्र परेका कारण जटिल प्रकारका बिरामीको उपचारका लागि हेलिकप्टरको चार्टर गरी काठमाडाँै ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

बाटोका कारण समयमा अस्पताल पुर्याउन नसक्दा बिरामिले बाटोमै ज्यान गुमाउनु परेको पनि स्थानीले बताएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button