तपाईँ सुन्दै हुनुहुन्छः

लगातार उकालो लाग्यो अमेरिकी डलरको मूल्य, अन्य देशको कति पुग्यो ? (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ३ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ १६ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तालिकामा हेर्नुहोस् –

प्रतिक्रिया राख्नुहोस्

Back to top button