तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको बाँकी काम चिनियाँ कम्पनि सिनो हाइड्रोलाई जिम्मा दिइने

काठमाडाैँ । नेपालकै बहुप्रतिक्षित र बहुविवादित मानिएको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा अन्ततः चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए ।

कार्यकारी निर्देशक कँडेलले भने, ‘आशय सूचना सकियो भोलि हामी बैठक बस्छौँ र ठेक्का एसेप्ट गरेको पत्र दिन्छौँ ।’

उनका अनुसार समितिले अनुमान गरेभन्दा करिब १५ प्रतिशत अर्थात ४५ प्रतिशत देखि ५० करोड रुपैयाँ कममा सिनो डाइड्रोले बोलपत्र पेस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button