२०७८ साल वैशाख ६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

फेरि बढ्यो सुनको भाउ, यस्तो छ आजको मूल्य

रेडियो नेपाल २०७६ भदौ ४ गते ११:२३

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि भदौ १ गते तोलामा ५ सय रुपैयाँ घटेर ७१ हजार रुपैयाँ कायम भएको सुनको मूल्य तीन दिन स्थिर थियो। बुधबार फेरि ३ सयले बढेको हो।

त्यस्तै तेजाबी सुन प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भरहेको छ भने, सुनसँगै चाँदीको भाउ पनि थोरै बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर ८ सय ३० रुपैयाँ पुगेको छ ।

सम्बन्धित

एन आर एन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनमा

४ घन्टा अगाडि भुवनप्रसाद आचार्य