२०७८ साल वैशाख ६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी यू–१९ क्रिकेटको तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलंकासँग

रेडियो नेपाल २०७६ भदौ ४ गते ११:४४

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यूथ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ । नेपालको दोस्रो प्रतिद्वन्द्वीका रुपमा बंगलादेशसँग सेप्टेम्बर ८ तारिखमा खेल्नेछ ।

समूहको अन्तिम खेलमा नेपालले अर्को एसोसियट टिम युएईसँग १० तारिखमा खेल्नेछ ।

८ राष्ट्र सहभागी प्रतियोगिताको अर्को समूहमा भारत, पाकिस्तान, अफ्गानिस्तान र कुवेत रहेका छन् ।

प्रतियोगिताको दुई समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताका लागि नेपाली टिमले दुई साता अगाडीदेखि प्रशिक्षण गरिरहेको छ ।

प्रतियोगिताको तयारीका लागि नेपालले श्रीलंकामा नैं केही दिन बन्द प्रशिक्षण तथा तिन वटा अभ्यास खेल खेल्नेछ ।

सम्बन्धित

पाल्पामा जीप दुर्घटना हुँदा ७ जना घाइते

२७ मिनेट अगाडि विष्णु खनाल

अफगानिस्तानमा दश लडाकू मारिए

४५ मिनेट अगाडि रेडियो नेपाल