तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय विदेशमन्त्री एस जयश‌ंकर काठमाडौंमा

काठमाडौं। भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक भाग लिनआज काठमाडौं आइपुग्नु भएको छ । उहाले आजै  प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यसपछि आयोजना हुने संयुक्त आयोगको बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्वका साथ मन्त्री जयशङ्करले सह अध्यक्षतासमेत गर्नु हुनेछ ।

तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचार विमर्श हुनेछ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button