तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता गर्नुभएकाे छ । प्रधानमन्त्री ओली र विदेशमन्त्री शंकरबीच दुई देशका आपसी हितका विषयमा छलफल भएको  बताइएको छ । अहिले जयशंकर आयोगको बैठकमा सहभागी हुन ३ बजे दरबारमार्गस्थित याक एण्ड यति होटल जानुभयका छन् ।उहा अहिले काठमाडौंमा बुधबार र बिहीबार हुने नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन नेपाल आउनुभएको हो ।

त्रिभुवन विमानस्थलमा उहाँलाई परराष्ट्र सचिव शंकरदास वैरागी तथा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वागत गर्नुभएकाे थियाे ।विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार बिहान १०ः३० बजे  भेटवार्ता गर्ने कार्यक्रम रहेकाे जनाइएकाे छ ।त्यसैगरी, विदेशमन्त्री जयशंकरले प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेटघाट हुने उच्च स्रोतले बताएको छ ।बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षा लगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button