तपाईँ सुन्दै हुनुहुन्छः

सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

हेफर इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा.शम्भु नारायण महतोले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पछि हेफर इन्टरनेशनल नेपालको सिफारिसमा बाख्रापालन, डोरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न सहकारी सदस्यका कृषकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ ।

कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापछि जनताको जीवनस्तरमा परिवर्तन आउने गरी राष्ट्रिय वाणिज्य बैंकले कृषि उद्यमी गर्न चाहने कृषकहरुलाई सहूलियत रुपमा कर्जा लगानी गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button