तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भारत संयुक्त आयोगको बैठक शुरु

सुरेन्द्रमणि त्रिपाठी । नेपाल भारत संयुक्त आयोगको ५ औं बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपाल र भारतबीचको दुइपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा, जलस्रोत, संस्कृति, शिक्षा लगायतका विषयहरु बैठकको एजेण्डाका रुपमा रहेका छन् ।

योसँगै दुई देशबीचका अन्य समसामयिक विषयहरुमा समेत बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व भारतका विदेश मामिला मन्त्री एस जयशंकरले गरिरहनु भएको छ ।

भोलिसम्म चल्ने बैठकमा नेपाल र भारतका बिभिन्न सरोकारवाला निकायका उच्च पदाधिकारीहरुको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button