तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कार मुद्दा ४ लाखमा मिलाउन खोज्दा १० जना पक्राउ

बाँके । आर्थिक लेनदेनमा बलात्कार मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ परेका छन् ।  बलात्कारको मुद्दा मिलाउन खोज्दा  पीडितपक्ष र फरार अभियुक्त दुवै पक्षलाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कारका अभियुक्तले आर्थिक लेनदेन गरी मुद्दा मिलाउन खोजेको थाहा पाएपछि कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हो ।

कोहलपुर नगरपालिका–११ की ६ वर्षीया बालिका असार २१ गते बलात्कृत भएकी थिइन । पीडित पक्षलाई ४ लाख रुपैयाँ दिएर मुद्दा मिलाउन खोजिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button