तपाईँ सुन्दै हुनुहुन्छः

एसिया कपका लागि यू– १९ नेपाली टिमको घोषणा, काे–काे परे ?

काठमाडौं / एसीसी यू-१९ एसिया कपका लागि नेपालले अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो ।

नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्नेछ । अघिल्लो संस्करणमा सेमिफाइनल सम्मको याात्र तय गरेको नेपालले यसपटक समूह चरणमा श्रीलंकासहित टेस्ट मान्यता दुई राष्ट्रको सामना गर्नेछ । अर्को टेस्ट टोलीका रुपमा बंगलादेश रहेको छ । नेपाल, श्रीलंका, बंगलादेश र यूएई एउटा समूहमा छन् । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।

पूर्ण टोली :

१. रोहितकुमार पौडेल (कप्तान)
२. पवन सर्राफ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरिबहादुर चौहान
६. भिम सार्की
७. मोहमद आसिफ शेख
८. सन्दीप जोरा
९. कुशल मल्ल
१०. राशिद खान
११. सगर ढकाल
१२. खडक बहादुर बोहोरा
१३. सूर्य तामाङ
१४. लोकेश बम
१५. प्रतिस जिसी

व्यवस्थापक – राजु खड्का
प्रशिक्षक – विनोद दस
ब्याटिङ कन्सल्टेन्ट – अपूर्व देशाई
फिजियो – विक्रम न्यौपाने
ट्रेनर – सुबास पात्रो

प्रतिक्रिया राख्नुहोस्

Back to top button