तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्रीबीच शिष्टाचार भेटबार्ता

 

भुषणकुमार पोखरेल

काठमाडौं नेपाल भ्रमणमा रहनुभएका भारतिय विदेशमन्त्री एस जयशंकरले आज बिहान राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्नुभएको छराष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा दुईदेशको आपसी हित र सहकार्यका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।भेटमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्य, नेपालका लागि भारतिय राजदुत मञ्जितसिंह पुरी लगायतका उच्चपदस्त अधिकारी पनि सहभागि हुनहुन्थ्यो ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागि हुन हिजो नेपाल आउनुभएका विदेशमन्त्री जयशंकरले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्नुभएको थियो । विदेशमन्त्री जयशंकर आज दिउँसो स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button