तपाईँ सुन्दै हुनुहुन्छः

चितवमा १ सय ६ जनामा डेङ्गुको संक्रमण

चितवन । साउन महीनामा जिल्लामा १ सय ६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चार सय ५३ जनामा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार भेटिएका डेङ्गुका सङ्क्रमितमध्ये ७८ जना चितवनका हुन्। तीमध्ये ६९ जना भरतपुर महानगरपालिकाका छन्। भरतपुर महानगरपालिका वडा नं १, २ र ३ मा बढी सङ्ख्यामा डेङ्गुको जोखिम देखिएको केसीले जानकारी दिए। महानगरको कमलनगर, पुलचोक क्षेत्र बढी प्रभावित रहेको उनले जानकारी दिए।

सङ्क्रमण बढेसँगै डेङ्गुको प्रकोप फैलन सक्ने देखिएपछि कार्यालयले सबैलाई सतर्क रहनसमेत आग्रह गरेको छ। महानगरका १, २, ३, ४, १० नं वडा डेङ्गुको उच्च जोखिममा रहेको किट नियन्त्रक केसीले बताए। यी वडामा कबाडी पसल, ग्यारेज तथा वर्कशप र होटल धेरै छन्। ती स्थानमा बढी डेङ्गुको जोखिम देखिएको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button