तपाईँ सुन्दै हुनुहुन्छः

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको बालाजु औद्योगिक क्षेत्रमा भिषण आगलागी भएको छ। बालाजु औद्योगिक क्षेत्रमा रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार मध्याहन्न १२ बजेतिर आगलागी भएको हो। बिहान ११ बजेदेखि लागेको आगो  अहिलसम्म नियन्त्रणमा आएको छैन। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको एउटा अस्थाई भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन्।

आगो भिषण रुपमा फैलदै गएकाले वरिपरि रहेको  अन्य भवनमा समेत क्षति पुग्न सक्ने अनुमान गरिएको छ। प्रहरी तथा स्थानीय बासिन्दाले पनि आयोग निभाउन सहयोग गरिरहेका छन्। आगोलागिबाट फोर्डका गाडीसमेत जलेका बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button