तपाईँ सुन्दै हुनुहुन्छः

कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले दशैँअघि विद्युत् उत्पादन सुरु गर्ने

काठमाडौं । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी दशैँअघि विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो ।

सानोटार विद्युतगृहमा बाँकी रहेको काम र तारहरु जडान कार्य केही दिनभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख सुवासबाबु मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button