तपाईँ सुन्दै हुनुहुन्छः

योग्य व्यक्ति सिफारिश गर्न आयोगको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्न दुई आयोगमा स्वतन्त्र, निष्पक्ष, पीडित मैत्री तथा पारदर्शी रुपमा मानव अधिकारका मूल्य र मान्यता अनुकूल योग्य व्यक्ति सिफारिस गर्न ध्यानाकर्षण गराएको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिलाई निष्पक्ष र स्वतन्त्र रुपमा सिफारिस गर्न ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button