तपाईँ सुन्दै हुनुहुन्छः

सर्पको टोकाईबाट कैलालीमा एक जनाको मृत्यू

कैलाली-कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ घोडाघोडीमा सर्पको टोकाइबाट स्थानीय रानीपुरा न्यौपानेको मृत्यू भएको छ । हिजो विहान कच्ची भान्सामा खाना पकाउदै गरेकी ३२ वर्षिया न्यौपानेलाई भान्छाको कुनामा राखेको खुर्सानी झिक्ने क्रममा हातमा सर्पले टोकेपछि समयमै उपचार नपाउदा दिउसो निधन भएको प्रहरीले जनाएको छ ।

घरमा नावालक छोराछोरी वाहेक कोही मान्छे नभएका कारण छिमेकीलाई समेत खवर नगरी आफै सुखड बजार मेडिकलमा दौडिदै पुगेको र मेडिकलवाट धनगढी जान सल्लाह दिए पछि उनलाई गौरिगंगा नगरपालिकाको बडैपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो ।
केन्द्रले धनगढी सेती अंचल अस्पताल रिफर गरेपनि अन्तिम अवस्थामा रहेकोले उपचार हुन नसकी निधन भएको अञ्चल अस्पतालले जानकारी दिएको छ । मृतक न्यौपानेका ७ महीना देखि १० वर्षसम्मका एक छोरा र ४ छोरी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button