तपाईँ सुन्दै हुनुहुन्छः

मृतक परिवारलाई राहत रकम प्रदान

गलकोट-स्कूलबाट घर फर्कदै गर्दा अविरल वर्षासँगै आएको भेलले बगाउँदा मृत्यु भएकी आठ वर्षीया बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले बिहीबार घरमै पुगेर राहत रकम प्रदान गरेको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ थाम्काका बुद्धिबहादुर परियारको आठ वर्षीया छोरी शर्मिला परियारको भेलले बगाउँदा भदौ १ गते मृत्यु भएको थियो । बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत शर्मिलाको विपद्का कारण निधन भई शोकमा डुबेको परिवारलाई राहतस्वरुप रु एक लाख रुपैयाँ प्रदान गरेको जिल्ला प्रशासन कार्यालय बागलुका नायबसुब्बा लोकबहादुर कुँवरले जानकारी दिनुभयो ।

विपद्मा जिल्ला प्रशासनद्वारा सहयोग गरिँदै आएको राहतस्वरुपको रकम घरमै पुगेर मृतक शर्मिलाका बुुबा बुद्धिबहादुर परियारलाई हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । स्कूलबाट फर्कने क्रममा मोटरबाटोमा हिँडिरहेकी बालिकालाई ठूलो पानी परेसँगै सडक किनारामा आएको भेलले बगाएर झण्डै ५०० मिटर तल पु¥याएको अवस्थामा शर्मिलाको शव फेला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button