तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको पहिलो जित

अजय बम । साफ यू–१५ फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । पहिलो खेलमा भारतसँग पाँच शुन्यले पराजित भएको नेपालले आज श्रीलंकालाई दुइ शुन्यले हरायो ।

भारतको कल्याणीमा भएको खेलमा नेपालको जितमा शसांक बोहोराको एकमात्र गोल निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ४६ औं मिनेटमा नेपालले खेलमा अग्रता बनायो । नेपालका लागि शसांक बोहोराले गोल गर्न सफल भयो ।

त्यसपछि श्रीलंकाले गोल फर्काउन बारम्बार नेपालको पोष्टमा प्रहार गरेपनि सफल हुन सकेन । यता नेपालले पनि दोस्रो हाफमा अरु दुई वटा मौका पाएको थियो । खेलको ८३ औं मिनेटमा नेपालले दोस्रो गोल गर्न सफल भयो ।

नेपालका लागि असिम राइले गोल गर्न सफल भए । उनी ६८ औं मिनेट कृष्ण यादवको स्थानमा मैदान प्रवेश गरेका थिए । यो जितसँगै नेपालले समुहमा तीन अंक जोडेको छ ।

यो हारले श्रीलंकाको दुई खेलमा तीन अंक भएको छ भने नेपालले श्रीलंकालाई पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button