तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा गौरापर्व मनाइदै

काठमाडौ । आज सुदूर पश्चिम क्षेत्रमा धार्मीक साँस्कृतिक चाड गौरापर्व मनाइदै छ ।

पार्वतीले कठोर तपस्याद्धारा शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा मुलतः गौरी अर्थात पार्वतीको पूजा–आराधना गरिने भएकाले यस पर्वको नाम गौरा पर्व रहेको मानिन्छ ।

यस पर्वमा शिवपार्वती सम्बन्धी विभिन्न कथाहरु भनिने र गीतहरु लयबद्ध रुपमा गाइने भएकाले यसलाई गीतिपर्वका रुपमा पनि मनाइन्छ ।

भाद« शुक्ल पञ्चमीका दिन पाँच प्रकारका बीउ–विजन मिश्रित पञ्च विरुडा अर्थात क्वँटी शुद्ध र सफा कोठामा भिजाएर राखिन्छ र अष्टमीका दिन अर्थात आज सोही क्वँटी सबैलाई समान रुपमा बाँडेपछि गौरापर्व सम्पन्न हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button