तपाईँ सुन्दै हुनुहुन्छः

युरोपेली नेताहरुले तीव्र दबावपछि अमेजनकाे डढेलाे निभाउन ब्राजिलका राष्ट्रपतिले दिए सेनालाई आदेश

एजेन्सी । युरोपेली नेताहरुले तीव्र दबावपछि ब्राजिलका राष्ट्रपतिले अमेजन जंगलमा भएको आगलागी नियन्त्रणका लागि सेना परिचालनको आदेश दिएका छन् ।

राष्ट्रपतिले जाइर बोल्सोनारोले आदिवासी तथा सीमा क्षेत्रको प्राकृति सम्पदा संरक्षण गर्न यस्तो आदेश दिएका हुन् ।

फ्रान्स र आयरल्यान्डले अमेजन क्षेत्रको आगलागी नियन्त्रणका लागि प्रयास नगरे दक्षिण अमेरिकी देशसँग हुन लागेको ठूलो व्यापार सम्झौता अनुमोदन नगर्ने चेतावनी दिएका थिए ।

फिनल्यान्डका अर्थमन्त्रीले ब्राजिलको गाइको मासु आयातमा प्रतिबन्ध लगाउने युरोपेली संघले सोच्नु पर्ने बताएका थिए । फिनल्यान्ड अहिले युरोपेली परिषदको अध्यक्ष हो ।

पर्यवरणीयवादी समूहहरुले आगलागी नियन्त्रणको माग गर्दै ब्राजिलको विभिन्न शहरहरुमा शुक्रबार प्रदर्शन गरेका छन् ।

त्यसैगरी लण्डन, बर्लिन, मुम्बई तथा पेरिससहित विभिन्न शहरमा रहेका ब्राजिलियाली दुतावासअघि पनि प्रदर्शन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button