तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक हिनामिना गरेको भन्दै खेलकूद विकास समितिविरुद्ध अख्तियारमा उजुरी

जिल्ला खेलकूद विकास समिति म्याग्दीले सामान खरीदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उ*जुरी परेको छ । उ*जुरी परेपछि अख्तियार दुरुपयोग छा*नबिन आयोगले छा*नबिन प्रक्रिया अघि बढाएको जनाएको छ ।

हरेक वर्ष जिल्लामा आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आर्थिक आयव्यय सार्वजनिक नगरेको र खेलकूदलगायतका सामान खरीद गर्दा वास्तविक मूल्यभन्दा बढीको मूल्य बनाई आर्थिक हिनामिना गरेको भन्दै छा*नबिन गर्न माग गरी अख्तियारको कार्यालय पोखरामा बेनामी उजुरी परेपछि छानबिन थालेको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले बताउनुभयो ।

यता खेलकूद विकास समिति कार्यालय म्याग्दीका कार्यालय प्रमुख दानबहादुर राईले पनि खेलकूद विकास समिति म्याग्दीविरुद्ध अख्तियारमा उ*जुरी परेको स्वीकार गर्नुभएको छ । उहाँका अनुसार उजुरीमाथि अख्तियारले छानबिन थालेको जानकारी दिनुभयो । “खेलकूदलगायत विभिन्न सामान खरीद गर्दा आर्थिक हिनामिना गरेको र वार्षिक सार्वजनिक गर्नुपर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको विषयमा छानबिन गर्न माग गर्दै बेनामी उ*जुरी परेको छ”, सूचना अधिकारी रिजालले भन्नुभयो, “अख्तियारले उ*जुरीको विषयमा अनुसन्धान थालेको छ ।”

कार्यालय प्रमुख राईले भने खेलकूद विकास समितिमा कुनै आर्थिक अनियमितता नभएको जिकिर गर्दै व्यक्तिगत रिसईबीका कारण कसैले अख्तियारमा बेनामी उ*जुरी हालेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button