तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाडौं । एसीसी १९ वर्ष मूनिको एसिया कप क्रिकेटको अन्तिम तयारीका लागि नेपाली युवा टोली शनिबार श्रीलंका प्रस्थान गरेको छ ।

एसिया कप भदौ १९ गतेदेखि २८ गते सम्म आयोजना हुने प्रतियोगिताको तयारीका लागि नेपाली युवा टिम अगाडि नै श्रीलंका प्रस्थान गरेको हो ।

रोहितकुमार पौडेलको कप्तानी र विनोद दास प्रशिक्षक रहेको नेपाली टोलीलाई शनिबार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले विदाई गर्नु भएको हो ।

नेपाली टिमले एसिया कप अघि ३ वटा अभ्यास खेल खेल्ने तय भएको छ । आयोजक श्रीलंकासँग भदौं २० गते खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।

नेपाल, श्रीलंका, बंगलादेश र यूएई एउटा समूहमा छन् भने अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

१५ सदस्यीय नेपाली टिममा कप्तान रोहित पौडेल सहित रित गौतम, पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामांग, लोकेश बम, प्रतिस जिसी रहेका छन् ।

प्रतियोगितामा सबै खेल बिहान ९ बजेर ४५ मिनेट देखी सुरु हुने एसीसीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button