तपाईँ सुन्दै हुनुहुन्छः

सेन्ट्रल जोन भलिबलको उपाधि कीर्गिस्तानलाई

काठमाडौं । पाँचौं एभिसी सेन्ट्रल सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले जितेको छ ।

शनिबार उपाधिका लागि ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा उज्वेकिस्तानलाई ३–० ले हराउँदै कीर्गिस्तानले दोस्रो पटक उपाधि हात पार्न सफल भएको हो ।

कीर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४, २७–२५ र २५–१९ को सेटमा पराजित गरेको हो ।

भदौ २ गते देखि सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपालसहित सात राष्ट्रको सहभागिता रहेको थियो ।

तुर्केमिनिस्तानले तेस्रो स्थान प्राप्त गरेको खेलमा माल्दिभ्सले चौथो, नेपाल पाँचौं, अफगानिस्तान छैटौ र बंगलादेशले सातौ स्थान हात पारेका छन् ।

सेन्ट्रल जोनको छैटौं संस्करण अर्को वर्ष बंगलादेशमा हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button