तपाईँ सुन्दै हुनुहुन्छः

१५ वटा वडा समेटेर तरकारी ‘जोन’ कार्यक्रम शुरु

नवलपरासी । नवलपरासी पूर्व नवलपुरका विभिन्न स्थानीय तहका १५ वटा वडालाई समेटेर तरकारी ‘जोन’ कार्यक्रम शुरु गरिएको छ ।

नवलपुरका तीन वटा स्थानीय तहका १५ वटा वडालाई समेटेर तरकारी ‘जोन’ कार्यक्रम शुरु गरिएको हो ।

नवलपुरको कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाको १५ वटा वडालाई समेटेर तरकारी ‘जोन’ कार्यक्रम शुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो ।

परम्परागत रुपमा हुँदै आएको तरकारी खेतीलाई व्यवसायीमुखी बनाउँदै उत्पादनमा जोड दिने गरी कार्यक्रम सञ्चालन गरिने प्रमुख शर्माले बताउनुभयो ।

तीन स्थानीय तहका १५ वटा वडाको ५१० हेक्टर क्षेत्रफल तरकारी ‘जोन’ कार्यक्रममा समेटिएको छ ।

तरकारी ‘जोन’ क्षेत्रमा हाल करीब सात हजार ३९० मेट्रिक टन तरकारी उत्पादन हँुदै आएको छ ।

चालू आर्थिक वर्षमा तरकारी ‘जोन’ कार्यक्रमअन्तर्गत एक करोड ५९ लाख १९ हजार बराबरका विभिन्न कार्य सम्पन्न गरिने छ ।

नवलपरासी पूर्वमा यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला ‘जोन’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button