तपाईँ सुन्दै हुनुहुन्छः

आगामी पाँच वर्षमा देश समृद्ध बन्छः मन्त्री बाँस्कोटा

नेत्र मरासिनी,अर्घाखाँची । सञ्चार तथा सुचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी पाँच वर्षमा देश समृद्ध बन्ने बताउनुभएको छ ।

अर्घाखाँचीकोे शितगंगा नगरपालीकामा शितगंगा एफएमको उद्घाटन गर्दै सञ्चार मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारले विकासको जग हालेकोले आगामी पाँच वर्षपछि नेपाल कुनै विकसित देश भन्दा कम नहुने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले अबको विकास एकिकृत प्रणाली बाट हुने भन्दै देश विकासको मुद्धामा सरकार सबैसँग सहकार्य गर्न तयार रहेको स्पस्ट पार्नुभयो ।

उहाँले देशको बिकासका लागि युवाशतिmलाई उत्पादनसँग जोड्नुपर्ने भन्दै सत्यतथ्य र खोजमुलक समाचार सम्पे्रषण गर्न सञ्चारमाध्यमहरुलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button