तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसलाई एकढिक्का बनाउनुको विकल्प छैनः महामन्त्री कोइराला

नवीन गिरी, नेपालगञ्ज । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नरहेको बताउनुभएको छ ।

बाँकेको कोहलपुरमा नेपाली काँग्रेस नगर कार्य समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री डा.कोइरालाले गुट उपगुटले पार्टीलाई कमजोर बनाएको भन्दै अब आफूले गुटबन्दीको अन्त्यका लागि भूमिका खेल्ने बताउनुभयो ।

केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालले सरकारले जनभावना र चाहनालाई सम्बोधन गर्न नसकेकाले जनतामा निराशा पैदा भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button