तपाईँ सुन्दै हुनुहुन्छः

प्रमको प्लाज्मा फेरेसिस प्रक्रिया सुरु, स्वास्थ्य स्थिति सामान्य

सिंगापुर। स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आज ट्विट गर्दै प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रिया शुक्रबारदेखि सुरु गरिएको जनाउनुभएको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंहका अनुसार यो प्रक्रिया अरु केही पटक गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भईरहेको छ ।
आफ्नो स्वास्य उपचारका लागि प्रधानमन्त्री ओली विहिबार सिंगारपुर जानुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button