तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरका स्थानीय तहमा नेकपाका अध्यक्ष र सचिव तोकिए

मकवानपुर। नेकपा मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहमा अध्यक्ष र सचिव तोकेको छ । आइतबार बसेको सचिवालय बैठकले जिल्लाका १० वटै स्थानीय तहमा अध्यक्ष र सचिव तोकेको हो ।
बैठकले नेकपाको हेटौंडा उपमहानगरपालिका कमिटिको अध्यक्षमा रघु आचार्य र सचिवमा तिर्थ बहादुर थापालाई चयन गरेको छ । त्यस्त,ै थाहा नगरपालिकाको अध्यक्षमा अरुण रायमाझी र सचिवमा सानोकाजी गोपाली, बागमती गाउँपालिकाको अध्यक्षमा अरुण बल, सचिवमा उत्तम पौडेल, बकैयाँ गाउँपालिकाका अध्यक्ष नारायण प्रसाद तिमल्सिना, सचिवमा भक्तबहादुर खत्री, मकवानपुर गढी गाउँपालिका अध्यक्षमा रामजी प्रसाद सापकोटा र सचिवमा राजकुमार खड्का, भिमफेदी गाउँपालिका अध्यक्षमा सानु थापा र सचिवमा दिपक गोले, इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा ऋषी पुणासैनी र सचिवमा ब्रिजु पदम लामा, कैलाश गाउँपालिकामा अध्यक्ष बुद्धीबहादुर मोक्तान र सचिवमा लालसिंह गुरुङ, राक्सीराङमा अध्यक्ष हस्तबहादुर मोक्तान र सचिवमा ओमबहादुर स्याङतान, मनहरीमा अध्यक्षमा रामप्रसाद कालाखेती र सचिवमा हेमलाल उप्रेतीलाई चयन गरेको नेकपा मकवानपुरका सचिवालय सदस्य एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।
सचिवालय बैठकले नेकपपा मकवानपुरको सात सदस्य कार्यालय टोली समेत चयन गरेको छ । जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी, बद्री लम्साल, बलराम वल, एकलाल श्रेष्ठ, श्रीधर पोख्रेल र प्रमिला लामा रहने गरि कार्यालय संचालन टोली चयन गरेको हो । १० वटै स्थानीय तहका अध्यक्ष र सचिवहरु सहितको बैठक भोलि बस्ने श्रेष्ठले बताउनुभयो । भोलिको बैठकले स्थानीय तहमा पार्टी कमिटी गठनका बिषयमा छलफल गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button