तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा १६२ जनाले ज्यान गुमाए

सिन्धुली । सडकको यात्रा मार्फत अवतजावत सहज र सरल भएपनि दुर्घटना दिनानुदिन बढ्दै गएको छ । दैनिक हुने  सवारी दुर्घटनामा प्रत्येक दिन १३ जनाको मृत्यु र दर्जनाैं घाइते हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।

राजधानी जोड्ने छोटो र सहज मार्ग भएको सिन्धुलीमा पछिल्लो ५ वर्षको समयअबधीमा २ सय ४८ सवारी दुर्घटनामा १ सय ६२ जनाले ज्यान गुमाएका छन् । २ सय २७ जना गम्भीर घाइते र २ सय ३४ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।

जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका अनुसार आर्थिक वर्ष २०७५/ ७६ मा मात्रै ६८ दुर्घटनामा ४८ जनाले ज्यान गुमाउनु परेको छ । जसमध्ये ३३ जना पुरुष ९ महिला ३ बालक र १ बालिका रहेको छन् ।

दुर्घटनामा ७९ जना गम्भीर घाइते र ९१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यलय सिन्धुलीका प्रहरी सहायक निरीक्षक रमेश्वर पाण्डेले जानकारी दिनुभयो ।

सडक पूर्वाधारको अवस्था, सडकको बढ्दो लम्बाई र निरन्तर बढिरहेका सवारी साधनको संख्यालाई हेर्दा आउने वर्षहरुमा यो संख्या दोब्बर हुँदै जाने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button