तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धि कायम गर्न जन अपेक्षा अनुसार काम गरौं : मुख्यमन्त्री राई

विराटनगर–प्रदेश नं. १ का मुख्यमंत्री शेरधन राईले मुलुकमा सुशासन र समृद्धि कायमगर्न जन अपेक्षा अनुसार काम हुनुपर्ने वताउनु भएको छ ।

प्रदेश नं. १ को सुशासन तथा योजना समितिले विराटनगरमा आज(शुक्रबार) गरेको अन्तरक्रिया कार्यक्रममा उहाले जनताको अपेक्षा अनुसार काम हुन नसक्दा जनतामा नैरश्यता छाएको भन्दै अव कुराभन्दा काम गरेर देखाउने वेला आएको बताउनुभयो ।

उहाँले किताव पढेर तथा प्रवचन दिएर मुलुकमा सुशासन कायम नहुने भन्दै सुशासनका निम्ति कार्यशैली र व्यवहारमा परिवर्तन गर्दै जनतलाई केन्द्र विन्दुमा राखेर कामगर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

उहाले लोकतन्त्र, गणतन्त्र हुंदै मुलुकमा संघियता स्थापित भईसक्दापनि जनताले पुर्ण रुपले सुशासनको अनुभूति गर्न नपाएको भन्दै सुशासनका निम्ति राजनीतिक स्तरमा नयाँपन आवश्यक रहेको वताउनुभयो ।

मुख्यमन्त्री राईले जनप्रतिनिधि प्रति जनताको ठूलो विश्वास र भरोसा रहेको भन्दै सबै जनप्रतिनीधिलाई इमान्दारीताका साथ काम गर्न आग्रह गर्नुभयो ।

एक पछि अर्को राज्य व्यवस्था परिवर्तन हुँदापनि किन हामीले सुशासन र समवृद्धि जनतालाई दिन सकेका छैनौ ? त्यसतर्फ ध्यान दिनु जरुरी रहेको उहाको भनाई थियो ।

मुख्यमंत्री राईले प्रदेश न १ मा भ्रष्टाचारलाई जरैदेखि समाप्त पार्न आफु लागि परेका भन्दै यदि कसैले भ्रष्टाचार र ढिला सुस्ति गरेको पाईए जो कोहीलाई एकघन्टा भित्र कार्वाही गर्ने दावी गर्नुभयो । काम नगर्ने र कागजमा प्रगति देखाउने कुरा आफुलाई स्वीकार्य नहुने उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button