तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा एक कर्मचारीसहित १० जनामा भेटियो डेंगुको संक्रमण

पुष्करराज बुढाथोकी
भक्तपुर । देशका बिभन्न भागमा देखापरिरहेको डेंगु रोग भक्तपुरमा पनि १० जनामा फेला परेको छ ।
डेंगु लामखुट्टेको टोकाईबाट लाग्ने प्राणघातक रोग हो ।

भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म दस जनामा डेंगुको संक्रमण फेला परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविभूषण सुवालले बताउनुभयो ।

डा.सुवालका अनुसार अस्पतालमा डेंगुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पताल रिफर गरिएकामध्ये ६ जनामा डेंगुको संक्रमण देखिएको थियो ।

अस्पतालमा कीटको व्यवस्था भएपछि सम्भावित १८ जनामध्ये चार जनामा डेंगु पुष्टि भएको उहाँको भनाइ थियो ।
डा.सुवालका अनुसार दुई जनाको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ भने बाँकीको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका भेक्टर कन्ट्रोल सुपरभाइजर राजेन्द्रसिंह धामीले डेंगु संक्रमण बढेपछि प्रत्येक स्वास्थ्य चौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगुबारे जनचेतना अभियान चलाइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button