तपाईँ सुन्दै हुनुहुन्छः

पशुपतिको ढोका विहान २ बजेदेखि नै खुल्ने

काठमाण्डौ । महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा भोलि सोमबार बिहान २ बजेदेखि पशुपतिनाथ मन्दिरको ४ वटै ढोका खुला गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाएको पशुपति विकास कोषले जनाएको छ ।
कोषले आज पत्रकार सम्मेलन गरी भोलि तीजको दिन ३० मिनेटदेखि २ घण्टाभित्र पशुपतिनाथको दर्शन गर्न सक्ने व्यवस्था मिलाईएको कोषका सदस्य सचिव डाक्टर प्रदिप ढकालले जानकारी दिनुभयो ।
पुरुष दर्शनार्थीहरुका लागि भने पशुपतिस्थित भुवनेश्वरीको सानो फलामे गेटबाट प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाईएको तर बिहान ६ बजेभित्र पुग्नुपर्ने कोषले जनाएको छ । तेश्रो मुलुकका दर्शनार्थीहरुका लागि भने भोलि मन्दिरमा प्रवेश निषेध गरिएको छ ।
तीजका लागि सुरक्षा व्यवस्था कडा पारिएको तर बहुमूल्य गरगहना तथा सामग्री नल्याउन कोषले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button