तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीका ट्राफिक प्रहरीमा समेत डेंगुको संक्रमण

पोखरा – पोखरामा डेंगुको प्रकोप डरलाग्दो तरिकाले फैलिएको छ । अहिलेसम्म कास्कीका १७ जना ट्राफिक प्रहरी सहित करिब ५०० जनामा यसको संक्रमण भएको पाईएको छ ।

कास्कीको पृथ्वीचोक, सिर्जनाचोक क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीहरू पनि डेंगुको शिकार भएका छन् । पोखरामा डेंगुको लागि सबैभन्दा जोखिम मानिएको क्षेत्र पृथ्वीचोक आसपास ट्राफिक ब्यवस्थापनमा खटिने ट्राफिकहरुमा डेंगुको संक्रमण देखिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार ८ जनाको पोखराकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अरुको प्रहरीकै काठमाडौँबाट आएका चिकित्सकले कोहीको पोखरामै कोहीको काठमाडौँमा उपचार भइरहेको छ ।

यस अघि डेंगु भएकाहरूको उपचारमा संलग्न चिकित्सकलाई पनि डेंगुको संक्रमण भएको पाइएको थियो । गण्डकी मेडिकल कलेज, फेवासीटी हस्पिटलका चिकित्सक तथा स्वास्थ्यकर्मीमा यसको संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालयको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button