तपाईँ सुन्दै हुनुहुन्छः

एअर एम्बुलेन्स दुर्घटनामा सात जनाको मृत्यु

काठमाण्डौ । फिलिपिन्समा एउटा सानो विमान (एअर एम्बुलेन्स) दुर्घटनामा परी कम्तीमा सात जनाको निधन भएको अधिकारीहरूले बताएका छन् ।

आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा भएको विमान दुर्घटनाका कारण निस्केको आगोको मुस्लोका कारण सयौँ स्थानीय भागाभाग भएको भिडियो स्थानीय सञ्चारमाध्यम हुँदै सामाजिक सञ्जालमा देखाएका छन् ।

प्राप्त पछिल्लो जानकारी अनुसार फिलिपिन्सको राजधानी मनिला नजिकै रहेको कालाम्बा शहरमा भएको विमानमा आठ जना विमानभित्र रहेको भनाइहरू आएका छन् यद्यपि यसबारे आधिकारिक जानकारी प्राप्त हुन नसकेको स्थानीय विपद् व्यवस्थापन अधिकारी जेफ्रेय रोड्रिगेजले एएफपीसँग बताउनुभयो ।

रोड्रिगेजले भन्नुभयो, “विमानमा यात्रारत सबैजनाको जिवित रहने सम्भावना देखिएको छैन तर पनि विमानमा आठ जना यात्रु रहेको भन्ने अपुष्ट खबरपछि वेपत्ता उक्त व्यक्तिको अवस्थाबारे खोजी भइरहेको छ ।” उद्धारकर्मीले सात जनामध्ये दुईलाई सख्त घाइते अवस्थामा अस्पताल पठाएको जनाएका छन् भने पाँच जनाको शब घटनास्थलबाट क्षतविक्षत अवस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ ।

पिलिपिन्सका उड्ययन अधिकारीले विमानमा दुई चालकदलका सदस्यसहित छ यात्रु रहेको र विमान मनिलाबाट करिब ५० किलोमिटर टाढा रहँदा राडारसँग सम्पर्कविच्छेद भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button