तपाईँ सुन्दै हुनुहुन्छः

काग्रेस क्षेत्रिय सभापतिमा बस्नेत र तामाङ

देवराज सुवेदी, मेलम्ची । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले क्षेत्रीय सभापतिहरुको टुङ्गो लगाएको छ । मेलम्चीमा आज बसेको जिल्ला कार्य समितिको बैठकले क्षेत्र नम्बर १ मा बालकृष्ण बस्नेत र क्षेत्र नम्बर २ मा आइतमान तामाङ ज्ञानुलाई सभापतिमा सर्वसम्मत चयन गरिएको जिल्ला सभापति बिकास लामाले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार पार्टी निर्देशिका बमोजिम पार्टी संगठनको पुनर्संरचना र समायोजन निर्देशन अनुसार सभापति चयन गरिएको लामाले बताउनुभयो । कार्यक्रम केन्द्रीय निर्वाचन समितिका प्रतिनिधि हरि कार्कीको उपस्थिति र पार्टी जिल्ला सभापति बिकास लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button