तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने

काठमाडौं/स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गते शुक्रबार स्वदेश फर्कनु हुने भएको छ । प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको टेलिफोन कुराकानीमा आफु २० गते फर्कने तयारीमा रहेको जानकारी गराउनु भएको थियो । गएराति उहाहरु विच टेलिफानेमा स्वास्थ्य अवस्था र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । नेम्वाङले पनि टेलिफोनमा कुराकानी भएको बताउदै पूर्वनिधारित समयमै स्वदेश फर्किने जानकारी गराउनु भएको बताउनु भयो । ‘मैले स्वास्थ्य कस्तो छ भनेर सोधेँ’, नेम्वाङले भन्नुभयो, ‘ठीक छ। राम्रो भैराखेको छ भन्नुभयो।’

प्रधानमन्त्री ओलीले विशेषगरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे जिज्ञासासमेत राख्नु भएको थियो । ‘मैले प्रतिपक्षसँग कुरा भैराखेको छु भनेँ’, उहाले भन्नुभयो, ‘साथै सत्य निरुपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगमा नियुक्तिका विषयमा सिफारिस कमिटीमा कुराकानी भैरहेको जानकारी गराएँ ।’

प्रधानमन्त्री ओलीले संसदमा रहेका विधेयकहरुको विषयमा समेत चासो राख्नु भएको थियो । भदौ ५ गते सिंगापुर जानु भएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि उपचार थालिएको थियो । एकदिन बिराएर गरिने प्लाज्माफेरेसिस पाँच पटक गरिसकिएको छ र आज छैठौं पटक हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button