तपाईँ सुन्दै हुनुहुन्छः

झापामा लगाईएको धान खेतीमा फैजि किराको प्रकोप, कृषक चिन्तित

झापा – धान उत्पादनको अग्रणी जिल्ला मानिएको झापाको धानबालीमा यस पटक फौजी किराको प्रकोप देखापरेको छ ।

झापाको पश्चिम दक्षिणी क्षेत्रबाट देखा परेको फौजी किराको प्रकोप दैनिक व्यापक बन्दै गएपछि किसान चिन्तित बनेका छन् । झापाको गौरादहमा करिब ५ सय विगाहा क्षेत्रफलमा लगाइएको धानबालीमा फौजी किराको प्रकोप देखा परेको छ ।

यस्तै, झापा गाउँपालिकाको एक वडाको करिब ३ विगाह क्षेत्रफलमा फौजी किराको प्रकोपले धानबाली नष्ट भइरहेको कृषकहरुले दुखेसो पोखेका छन् ।

यही साताबाट पहिलो पटक यस्तो किराको प्रकोप देखापरेपछि धानबालीमा निर्भर रहेका किसानहरु चिन्तित बनेका छन् । गौरादह–६ को वीरबल चौक आसपास मात्र फौजी किराले सयौं मन धान फल्ने क्षेत्रको धानबालीलाई नोक्सान पु¥याएको किसानहरुले बताएका छन् ।

फौजी किराले ५ दिनमै आफ्नो डेढ विगाहा क्षेत्रफलमा लगाईएको धान बाली नोक्सान भएको स्थानीय यादवकुमार बस्नेतले बताउनुभयो । यस्तो किराको प्रकोप यो ठाउँमा पहिलो पटक देखा परेको उहाँले भनाई छ ।

किसानहरुले फौजी किराका कारण धानबाली नष्ट भएपछि कुन औषधी प्रयोग गर्ने भन्ने विषयमा समेत अलमलमा परेको छन् । कृषि ज्ञान केन्द्र झापा, कृषि विकास निर्देशनालय र बाली संरक्षण प्रयोगशाला विराटनगरले भने किरा पहिचान भइसकेको र नियन्त्रणका लागि काम सुरु गरिने जनाएको छ ।

प्रभावित क्षेत्रमा पावर स्प्रे र औषधीको व्यवस्थापन गरेर चाडैँ किरा नियन्त्रणमा लाग्ने बाली संरक्षण प्रयोगशाला विराटनगरकाका निमित्त प्रमुख मुकेशकुमार यादवले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button