तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रजात्राको लिङ्ग बनाउन भक्तपुरबाट काठ ल्याइयो

काठमाडौं – परम्परागत रूपमा काठमाडौं उपत्यकासहितका नेवार समुदायले मनाउने इन्द्रजात्रा यस वर्ष यही भदौ २७ गते परेको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुनेछ ।  यस जात्राको लागि ठड्याउने लिङ्गोको काठ भने काभ्रेको नाला जंगलबाट ल्याइन्छ ।यस काठलाई घिसारेर ल्याइने गरिन्छ ।

बोकाले छोएपछि काटिन्छ रुख
तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काट्ने चलन रहिआएको छ । एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरू हुन्छ।

इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा हनुमानढोका दरवारक्षेत्रमा रहेको श्वेतभैरवको विशाल सरभमुख सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिन्छ। इन्द्रजात्राको दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button