तपाईँ सुन्दै हुनुहुन्छः

मंसिर १४ मा उपनिर्वाचन हुने यी हुन् ५० ठाउँ (सुचिसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि तयारी तिव्र बनाएको छ । आयोगले विभिन्न कारणले रिक्त रहेका स्थानमा निर्वाचन गराउनको लागि निर्वाचन प्रक्रिया तिव्र रुपमा अगाडि बढाएको हो ।

आयोगले विभिन्न ५० पदका लागि उपनिर्वाचन गर्दैछ । निर्वाचन आयोगले आगामी मंसिर १४ मा विभिन्न कारणले रिक्त रहेका प्रतिनिधि सभा सदस्य–१, प्रदेशसभा सदस्य–३, उपमहानगरपालिका प्रमुख–१, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१, वडाध्यक्ष–४१ सहित ५० पदका लागि निर्वाचन गर्नेछ ।

गत फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकप्टरमा दुर्घटनामा परि तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भएको थियो । अधिकारीको निधनसँगै कास्की निर्वाचन क्षेत्र नं. २ रिक्त छ ।

यसैगरी, दाङ-३ ‘ख’ बाट प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तमकुमार ओली, भक्तपुर-१ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछाने र बागलुङ-२ ‘ख’बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद टेक बहादुर घर्ती विजयी भएको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। ओलीको सवारी दुर्घटनापछि उपचारका क्रममा मृत्यु भएको थियो। लामिछानेको मस्तिष्कघातका कारण ज्यान गएको थियो। जन्डिसका बिरामी घर्तीको भारतमा उपचारकै क्रममा मृत्यु भएको थियो।

यी हुन् निर्वाचन हुने ५० ठाउँ

प्रतिक्रिया राख्नुहोस्

Back to top button