तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय पक्षको अवरोधका कारण हुलाकी सडकखण्डमा तीन महिनादेखि काम ठप्प

कञ्चनपुर- कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडकखण्डमा भारतीय पक्षको अवरोधका कारण तीन महिना देखि काम रोकिएको छ ।

हुलाकी सडकखण्ड अन्तर्गत बेलौरी देखि बेलडाँडी सम्मको खण्डमा पर्ने बेलौरी नगरपालिका वडा नं. ८ खप्टीनालादेखि पचुइ बीचको ३८ नं. सीमा पिल्लर आसपास १ हजार २ सय मिटर सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गत असार महिना देखि अवरोध कायम राखेको छ ।

दशकौँ देखि नेपालीहरुले भोगचलन गर्दै आएको जमिन सहित उक्त सडकखण्ड भारतीय पक्षले आफ्नो भूमिमा पर्ने भन्दै अवरोध सिर्जना गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतसंग समन्वय गरी अवरोध हटाउन गृह मन्त्रालय सहित सम्बन्धित निकायमा पत्राचार गरेको थियो ।

तर हालसम्म कुनै परिपत्र नभएकोले काम अगाडी बढाउन नसकिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील कुमार बैद्यले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button