तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालत विराटनगरमा दुई हजार मुद्दा फछ्र्योट     

 विराटनगर-    उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ४८२ थान मुद्दा फछ्र्योट गरेका छ । अदालतले गत आवमा दर्ता भएका तीन हजार ४६८ र जिम्मेवारी सरेका ९५६ गरी जम्मा चार हजार ४२४ मुद्दामा ५६ प्रतिशत मुद्दा फछ्र्योट गरेको अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिनुभयो ।

मुद्दा फछ्र्योट हुन बाँकी रहेका मुद्दामा दुई वर्ष नाघेका २१, १८ महिनादेखि दुई वर्षभित्रका ५३, एक वर्षदेखि १८ महिनासम्मका ११०, नौ महिनादेखि एक वर्षभित्रका ३५५ र नौ महिनाभित्रका एक हजार ४०३ थान रहेका छन् ।

अदालतले गत आर्थिक वर्षमा दुई हजार २८५ मुद्दा दर्ता हुने अनुमान गरेकोमा एक हजार १८३ मुद्दा बढी दर्ता भएको फछ्र्योटको प्रतिशतमा कमी आएको जनाएको छ । यसरी दर्ता भएका मुद्दामा सबैभन्दा बढी सम्पत्तिसम्बन्धी लेनलेनदेनका ९२९, लागू औषधका ४१३, मेलमिलापमा ३९८, महिला पक्षका ३९२, ज्यानसम्बन्धी ३१०, करणीसम्बन्धी २६१, लिखतसम्बन्धी कसूरका २२४, चोरी तथा डकैती २०२, मोहीसम्बन्धी २५३ र बहुविवाहसम्बन्धी ७४ थानलगायतका मुद्दा दर्ता भएका थिए ।

अदालतले चालु आर्थिक वर्ष २०७६/७७ मा नयाँ मुद्दा दुई हजार ८४९ र गत आर्थिक वर्षको जिम्मेवारी सरेको एक हजार ९४२ गते कूल चार हजार ७९० मा तीन हजार ३६६ फछ्र्योट गर्ने लक्ष्य लिएको छ । यसरी फछ्र्योट गरिने मुद्दामा प्रतिइजलास ६७४ मुद्दा रहने रजिष्ट्रार कट्टेलले जानकारी दिनुभयो । अदालतले आव २०७३÷७४ मा तीन हजार ८३५ मुद्दा दर्ता भएकोमा दुई हजार ३९१ अर्थात ५६ं७३ प्रतिशत फछ्र्योट भएको थियो ।

यस्तै आव २०७४/७५ मा तीन हजार ३५२ मुद्दा दर्तामध्ये दुई हजार ३९६ अर्थात ७१.४७ प्रतिशत फछ्र्योट भएको रजिष्ट्रार कट्टेलले बताउनुभयो । विराटनगरस्थित उच्च अदालतको कार्यक्षत्र मोरङ र सुनसरी रहेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button