तपाईँ सुन्दै हुनुहुन्छः

नेदरल्याण्ड वर्ष खेलाडीको उपाधि युभेन्ट्सका स्टार डी लिग्टलाई

एजेन्सी । नेदरल्याण्डको वर्ष फुटबल खेलाडीको उपाधि युभेन्ट्सका डिफेन्डर म्याथिस डी लिग्टले जितेका छन् ।

सन् २०१८ मा नेदरल्याण्डका उत्कृष्ट खेलाडी घोषित हुँदै डी लिग्टले गोल्डेन शु अवार्ड जितेका छन् । एम्सटर्डम आयोजित एक बिशेष समारोहमा नेदरल्याण्डले डी लिग्टलाई अवार्ड प्रदान गरेको हो ।

गत सिजन डच क्लब आयाक्सबाट च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका डी लिग्ट यस सिजन भने इटालियन क्लब युभेन्ट्स आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button