तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा पहिरोले विद्यालय भत्कायो

जाजरकोट –  लगातारको बर्षा पछि पहिरो जादा मंगलबार राति जाजरकोटको नलगाड नगरपालिका ६, पिउँलीमा रहेको जनप्रिय प्राथामिक विद्यालयको दुई कोठे भवन पहिरोले पुरेको विद्यालयकी प्रधानाध्यापक शारदा थापाले जानकारी दिनुभयो ।

गतबर्ष ३२ लाख लागतमा निर्माण भएको विद्यालय भवन विद्यालय माथीबाट आएको पहिरोले पुरै भवन पुर्नुको साथै भत्काइ दिएको छ । भवन भत्काइदिए पछि ७० बाल-बालिका खुल्ला चौरमा राखेर पढाउनु पर्ने बाध्यता भएको प्रधानाध्यापक थापाले बताउनुभयो ।

यसैगरी नलगाड ४, पिपलचौरमा रहेको जनता प्राथामिक विद्यालय गुर्सेखोलामा आएको बाढीले दुई वटा भवन पुरेको विद्यालयका प्रधानाध्यापक बलबहादुर रावलले बताउनुभयो । गाउँ माथि जथाभाबी सडक खन्दा खोलामा बाढी आएको हो । अघिल्लो बर्ष चार कोठे भवन बगाएको थियो ।

विद्यालय बाढीको जोखिम परेपछि ६० जना बालबालिकाको पठनपाठन प्रभावित भएको प्रधानाध्यापक रावलले जनाउनु भयो । विद्यालय अर्को ठाउँमा सार्नुको विपल्प नभएको प्रधानाध्यापक रावलको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button