तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा डेंगु नियन्त्रणका लागि कार्ययोजना बन्ने, सात जना संक्रमित

भोजपुर – पहाडी जिल्ला भोजपुरमा पनि डेंगु संक्रमितहरु देखिन थाले पछि सो नियन्त्रणका लागि कार्ययोजना बनाउन समिति गठन गरिएको छ ।

भोजपुरमा हालसम्म डेंगुका सात जना संक्रमित भेटिए पछि सरोकारवाला निकायको बैठकबाट आगामी भाद्र २५ गते भित्र कार्ययोजना बनाई सक्ने गरी समिति गठन गरिएको हो ।

जिल्ला समन्वय अधिकारी, भोजपुर अस्पतालका डाक्टर, स्वास्थ्य कार्यालयका प्रमुख र भोजपुर नगरपालिकाका स्वास्थ्य संयोजक रहने गरी कार्ययोजना निर्माणका लागि समिति बनाईएको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराईले जानकारी दिए ।

सहायक प्रजिअ भट्टराईका अनुसार आगामी २५ गते भित्र कार्ययोजना निर्माण भएर समितिले २७ गते हुने बैठकमा पेश गर्ने छ । धरानबाट शुरु भएको डंगुको संक्रमणबाट भोजपुरमा पनि ७ जना बिरामीहरु भेटिए पछि अवका दिनमा त्यसको नियन्त्रणका लागि कार्ययोजना बन्ने र सो पश्चात सोही अनुसारका कार्यक्रम गरिने सहायक प्रजिअ भट्टराईको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button