तपाईँ सुन्दै हुनुहुन्छः

सिलगढी–झिग्राना सडकखण्ड कालोपत्रे हुँदै

डोटी भु–स्वर्गका रूपमा चिनिने सुदूरपश्चिमको प्रमूख पर्यटकीय क्षेत्र खप्तडलाई जोड्ने सिलगढी–झिग्राना सडकखण्ड कालोपत्रे हुने भएको छ ।

रु. ३८ करोडको लागतमा १५.६ कि. मि. कालोपत्रे गरिने उक्त सडकको २ प्याकेजमा ठेक्का सम्झौता भैसकेको छ भने लगत्तै काम सुरु हुने सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहराले बताउनुभयो ।

नेपाल सरकारले घोषण गरेको देशभरका एक सय वटा पर्यटकीय गन्तव्य मध्य विश्व सम्पदा सुचीमा सुचिकृत खप्तड पनि पर्दछ । खप्तड जाने सडक कालोपत्रे भए संगै सुदुर पश्चिमका जिल्लाहरुको आर्थिक समृद्धिको बाटो खुल्ने र यसले नेपालकै अर्थतन्त्रमा सहयोग पुग्ने मन्त्री बोहराले बताउनुभयो ।

सुदुरपश्चिम भन्ने वित्तिकै यस क्षेत्रको समृद्धिको एउटै आधार भनेको खप्तड नै रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कडेलले बताउनुभयो ।

सीएबी कन्स्ट्रक्सन प्रा. लि. ले सडक कालोपत्रे गर्ने ठेक्का पाएको उक्त सडक आगामी ३ बर्षमा कार्य सम्पन्न गर्ने गरि यहि भाद्र महिनाबाट काम शुरु हुन लागेको सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रीका स्वकीय सचिव केशवराज अवस्थीले जानकारी दिनुभयो ।

सडक कालोपत्रे हुने भएपछी यहाँका स्थानिय बासी निकै हर्षित भएका छन भने खप्तड घुम्न आउने पर्यटकहरूलाई यात्रामा पनि उत्तिकै सहज हुने भएको छ ।

सडक निर्माण भैसकेपछी खप्तडको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै पुर्विचौकी गाउँपालिकाका बग्लेक, झिग्राना, भारतोली, बिष्टगाउँ र सायल गाउँपालिकाको भल्मा गाउँका स्थानीय बासिन्दाहरु प्रत्यक्ष लाभान्वित हुनुका साथै नेपालकै स्वादिलो भाल्माको आलुले बजार पाउने डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।

सो सडक कालोपत्रे भएपछी खप्तड क्षेत्रमा आन्तरिक तथा बाहय पर्यटकको संख्यामा वृद्धि हुनुका साथै सडक छेउछाउका स्थानीयको दैनिकीमा सहजता हुने देखिन्छ ।

यसका साथै क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायलबाट संघीय संरचनामा प्रदेश राजधानी कैलाली सरेपछि सुनसान बनेको डोटीमा चहलपहल बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button