तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा ‘अक्सिजन प्लान्ट’ सञ्चालन   

जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन ‘प्लान्ट सञ्चालन’ शुरु गरिएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज सो प्लान्टको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले प्रतिष्ठान स्वयंले निर्माण गरेको अक्सिजनले यहाँको नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“मानव जीवनसँग जोडिएको अक्सिजन जुम्लामा उत्पादन हुनु महत्वपूर्ण उपलब्धि हो,” मन्त्री भण्डारीले भन्नुभयो, “अब प्रतिष्ठानले अक्सिजन आयात होइन निर्यात गर्छ ।” यसले प्रतिष्ठानको विकास गतिमा अर्को इँट्टा थपिएको उहाँको भनाइ छ । प्रतिष्ठान पहल समितिका संयोजकसमेत रहेका मन्त्री भण्डारीले अक्सिजन प्लान्टसँगै थुप्रै सेवामा आत्मनिर्भर भएको जनाउँदै उहाँले अगाडि भन्नुभयो, “एमडिजिपी र एमबिबिएस कार्यक्रम शुरु हुने प्रक्रियामा छ । बिपिएच र मिडवाइफेरीको अध्ययन अध्यापन कार्य भइरहेको छ ।”

हिमाली जिल्लाममा निकै कष्टका साथ स्थापना भएको विश्वविद्यालयस्तरको प्रतिष्ठानले देश–विदेशमा चिकित्सा शिक्षा पढाएर चिकित्सक उत्पादन गर्ने केन्द्रका रुपमा स्थापित हुने उहाँको दाबी थियो । प्रतिष्ठान पैसा नहुने, गरीब, निमुखा र दुःखीहरुको संस्था भएको औँल्याउँदै उहाँले त्यहाँ कार्यरत चिकित्सक तथा कर्मचारीलाई जनताको सेवक भएर काम गर्न आग्रह गर्नुभयो ।

प्रतिष्ठानको प्रत्येक श्ययामा अक्सिजन    
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बिरामीको प्रत्येक श्ययामा अक्सिजनसमेत जडान गरिएको बताउनुभयो । “एकातिर अस्पतालमा आवश्यक अक्सिजन उत्पादन हुने र अर्कोतिर उत्पादनको मात्रा बढाएर कर्णालीका अन्य जिल्लामा आपूर्ति गरिन्छ”, रजिष्ट्रार काफ्लेले भन्नुभयो ।

प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईंले प्रतिष्ठान हाल कर्णाली प्रदेशसहित १३ जिल्ला र १५ अस्पतालमा सेवा थालनी गरिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । निर्देशक गोसार्र्इंले प्रतिवेदनमा २०७५÷७६ मा ५४ हजार बिरामीको सेवा गरिएको जानकारी गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रतिष्ठानमा अहिले विशेषज्ञ सेवासहित आधुनिक ब्लड बैंक, प्रयोगशाला, आफ्नै फार्मेसी शुरु भइसकेका छन् । अक्सिजन प्लान्टसहित सिटी स्क्यानसमेत सुचारु भएको प्रतिष्ठान छ ।” प्रतिष्ठानका नर्सिङ डिन सरस्वती गौतमले हिमाली जिल्लाको स्वास्थ्य क्षेत्रको संरचना र सेवाको आकर्षण बढ्दै गएको बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button