तपाईँ सुन्दै हुनुहुन्छः

यात्रु सहायता कक्ष खोल्दै यातायात विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले दशैँ तिहारलगायतका चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ ।

यातायात व्यवस्था कार्यालयमा आज विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको बैठकमा नागरिकलाई सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि अग्रीम टिकट खोल्नेलगायतका विषयमा छलफल भएको थियो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले सबै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयलाई समेत नागरिक सहायता कक्ष सञ्चालन गर्नका लागि अनुरोध गर्दै पत्र लेखिने बताउनुभयो । व्यवसायीसँग अहिले रहेको सवारी साधनको सङ्ख्या, अवस्थाका बारेमा बुझिएको उहाँले बताउनुभयो ।
वैठकका क्रममा व्यवसायीले एक सातामा सबै विवरणसहित विभागमा आउने बताएका थिए । उहाँले आगामी सातामा उहाँहरुले विवरण ल्याएपछि नै अग्रीम टिकट खोल्नेलगायतका निर्णय हुनेछ ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले वर्षाका कारण विभिन्न स्थानका सडक बिग्रीएकाले दशैँ अगाडि नै सडक विभागले बनाइसक्नु पर्नै बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button