तपाईँ सुन्दै हुनुहुन्छः

भोलि कागेश्वरी मेला, सार्वजनिक बिदा (विज्ञप्तिसहित)

काठमाडौं ।  काठमाडौंको पूर्वीभेगमा अवस्थित कागेश्वरी मनोहरा नग।पालिकामा भोलि (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ ।

नगरपालिकामको वडा नम्बर १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी ( भाद्र शुल्क अष्टमी)मा मेला लाग्ने गर्छ । यस पटक पनि अष्टमी देखि ३ दिनसम्म लाग्ने मेला आयोजना गरिएको छ । नगरपालिकाले कागेअष्टमीको अवसरमा नगरभित्र बिदा दिने निर्णय गरेको हो ।

 

किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यही बेलादेखि मन्दिरको नाम कागेश्वरी महादेव रहन गएको जनविश्वास छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button