तपाईँ सुन्दै हुनुहुन्छः

हातपात गरेको भन्दै गाउँपालिका अध्यक्षका छोरा विरुद्ध उजुरी

 सल्यान – जिल्लाको त्रिवेणी गाउँपालिका अध्यक्षका छोराले हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी परेको छ । गाउँपालिकाले आह्वान गरेको टेन्डरमा ठेक्का हाल्न जाँदा हातपात भएको भन्दै प्रशासनमा उजुरी परेको हो । नदिजन्य पदार्थ उत्खनन्को बोलपत्र आह्वानमा आफुलाई प्रतिबन्ध गराउन हातपात गरेको डि खैरावाङ कन्ट्रक्सन प्रा.लि.का सञ्चालक डिल्लीराज खड्काले बताए ।

गाउँपालिका अध्यक्षका छोरा पोखरसिहं डाँगी, अनमोल श्रेष्ठ र गाउँ प्रहरी रहेका केशव वलीको नेतृत्वमा रहेका ५० जना गुण्डाहरुले कार्यालयको गेटबाटै हातपात गरेको उजुरी पत्रमा उल्लेख गरिएको छ । प्रहरी प्रशासनको मिलेमतोमा ११ बजेर ५२ मिनेटदेखि १२बजेर २ मिनेट जाँदासम्म आफ्नो नियन्त्रणमा लिई खुल्ला प्रतिस्पर्धाबाट विमुख बनाएको उल्लेख गरिएको छ ।

हातपात गर्नेहरु विरुद्ध सार्वजनिक स्थानमा हातपात गरेको मुद्या लगाई उक्त दरभाउ पत्र टेन्डर रद्द गरी पुन टेन्डर गर्न उजुरीमा उल्लेख गरिएको छ ।

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले उक्त घटनाबारे आफुलाई थाहा नभएको र खड्का १२ बजेसम्म ठेक्का दर्ता गर्न नआएको बताए । प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले उजुरी उपर छानविन हुने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले टेन्डर प्रक्रियामा कुनै गलत कार्य नहोस भनेर पटक पटक प्रहरीलाई सजग गराएको बताए । उजुरीमा प्रहरीको मिलेमतोमा भन्ने विषय लान्छाना लगाउने कार्य मात्र भएको उनको भनाई छ । यदिन प्रहरी प्रशासनबाट कुनै गलत कार्य भएको प्रमाण भेटिए कारवाहीको दायरामा आउने उनले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button